मोदीले दिए रवि र बालेनलाई टेलिफोनमा बधाई

काठमाडौ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई बधाई तथा शुभकामना दिएका छन्  ।

मोदीले हिजो सोमवार साँझ सामाजिक सञ्जाल एक्समार्फत् दुई नेतासँग टेलिफोन वार्ता गरेको सार्वजनिक गर्दै नयाँ सरकारका लागि बधाई तथा शुभकामना दिएको उल्लेख  गरेका छन् ।

फागुन २१ को निर्वाचनमा रास्वपाले करिब दुई तिहाई नजिक सिट जितेर सरकार गठनको तयारीमा लागिरहेका बेला भारतीय प्रधानमन्त्रीले नेताद्धयलाई टेलिफोन गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहसँग हार्दिक टेलिफोन संवाद भयो ।

नेपालको निर्वाचनमा उहाँहरूको विजय तथा रास्वपाको प्रभावशाली सफलताप्रति दुवै नेताहरूलाई बधाई दिएँ’ मोदीले सोमवार साँझ भनेका छन्, ‘आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत र नेपालको पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि भारत प्रतिबद्ध रहेको सन्देश पनि दिएँ।’

मोदीले थप भनेका छन्, ‘हाम्रा संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेमा म विश्वस्त छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *