ओलीद्वारा तिहार तथा भाइटीकाको शुभकामनाः चाडपर्वलाई मितव्ययी बनाउन आग्रह


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वलाई मितव्ययी बनाउन आग्रह गरेका छन्।

तिहार तथा भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास उचित नभएको उल्लेख गरेका छन्।

तिहारको अभिन्न अंगको रुपमा रहेको देउसी/भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको उनको भनाइ छ।

ओलीले सरकारको नेतृत्वमा रहँदा एमालेले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकको विकास र समृद्धिको नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरेका छन्।

उनले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्न नयाँ संविधान अनुरुपमा संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई ननिर्माणको चरणमा प्रवेश गराएको उल्लेख गरेका छन्।

प्रतिक्रिया