भोलि नेपाल बन्दको घोषणा

काठमाडौ – सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको विरोधमा नेपालका पाँच वामपन्थी पार्टीहरुले भोलि फागुन ६ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी भोलि संसदमा टेबुल गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले बलजफ्ती गरेपछि पाँच वटा पार्टी तथा एउटा मोर्चाले देशव्यापी नेपाल बन्दको घोषणा गरेको हो । आज बसेको पाँच वटै पार्टी र मोर्चाको संयुक्त बैठकले भोलि नेपाल बन्दको निर्णय गरेको हो ।

नेपाल बन्दको आयोजकमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी पार्टी तथा देशभक्त गणतान्त्रिक मोर्चा सहितको संलग्नतामा भोलि नेपाल बन्द घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *