पाेखरा मेयरमा बागी उम्मेदवारी दिने कांग्रेसका दुई नेताकाे मनोनयन फिर्ता

पोखरा – पोखरा महानगर मेयर पदका कांग्रेसबाट बागी उम्मेदवारी दिने दुई जनाले मनोनयन फिर्ता लिएका छन्। बागी उम्मेदवारीद्वय नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले आज (शुक्रबार) आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

निर्वाचन आयोगले मनोनयन फिर्ताका लागि आज बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको थियो ।सत्तारूढ गठबन्धनले भागबन्डा गर्ने क्रममा पोखरामा नेकपा एकीकृत समाजवादीमा मेयर उठाउने जिम्म दिएको थियो।

तर गठबन्धनले गरेको सो निर्णयको विरोधमा तिवारी र सापकोटाले मेयरमा उम्मेदवारी दिएका थिए। पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेदवारी फिर्ता लिएको उनीहरुको भनाइ छ। तर कांग्रेसकै अर्का बागी उम्मेदवार विमल कार्कीले भने उम्मेदवारी फिर्ता नलिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *