५ वर्ष कैद तोकिएका सकील खान पक्राउ

काठमाडौं – जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुरका ४७ वर्षीय सकील खान पक्राउ परेका छन् । उनी काठमाडौं महानगरपालिका-१४ कालिमाटीका ग्यारेज संचालक हुन् ।

उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद ठहर भई फरार खानलाई मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले कुलेश्वरबाट पक्राउ गरेको हो ।

२०७३ फागुन ८ गते ३२ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराई व्यवसायको प्रलोभन देखाएर नयाँ बसपार्क जाने भनी ट्याक्सी चढाई काठमाडौं महानगर–११ सुन्धारास्थित ओम सुन्धारा गेस्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको खानलाई आरोप थियो ।

खानलाई फैसला कार्यान्वयनका लागि मंगलबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *