माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि


काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।

आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ ।

पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज बेलुकी ६ बजेका लागि बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो ।

बैठक भोलि शुक्रवार बिहान साढे ८ बजे बस्नेछ । भोलिको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

प्रतिक्रिया