उपनिर्वाचन : रास्वपाले तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
रास्वपाको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा गठबन्धन नगर्ने र तीनवटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
आगामी बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । बैठकले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।