निर्वाचन आयोगमा रवि लामिछानेविरुद्ध नेपाली कांग्रेसको उजुरी
काठमाडौं – नेपाली कांग्रेसले चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएको छ ।
नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नम्बर २ मा उजुरी दिएका हुन् ।
उनले रवि र प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरूको निर्वाचन आचारसंहिताको उल्लंघन गरेको निवेदकको दाबी छ ।
उजुरीमा मतदान प्रक्रिया चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट रविले मत मागेको अडिओ / भिडिओ सार्वजनिक भएको तथा आचारसंहिताविपरीत विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्ने / गराउने गरी मतदातालाई प्रभावित पारेको दाबी गरिएको छ ।