भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्छु : राष्ट्रपति पौडेल
काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन् ।
सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् ।
उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेल ११ दिन उपचार गराएर आइतबार राति स्वदेश फर्किएका थिए ।