प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच भेटवार्ता, द्विपक्षीय समझदारीमा हस्ताक्षर


काठमाडौं – नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको भेटवार्तापछि द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित सम्झौता र पाँच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार होटल सोल्टीमा नेपालका प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीको भेटवार्तापछि नेपाल र कतारबीच सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

शिक्षा, खेलकुद, कला र संस्कृति, कूटनीतिक तालिम र अध्ययन, समाचार एजेन्सी र महान्यायाधिवक्ता कार्यालयसम्बन्धी क्षेत्रमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया