एमालेमा केदार न्यौपाने र छक्कबहादुर लामा केन्द्रीय सदस्य मनोनीत


काठमाडौं – नेकपा (एमाले) ले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य बनाएको छ । आज (सोमबार) बसेको एमालेको सचिवालय बैठकले न्यौपाने र लामालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।

न्यौपाने नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष थिए । उनले केही दिनअघि एकीकृत समाजवादी परित्याग गरेका थिए । लामा हुम्लाका पूर्व सांसद हुन् । २०७४ सालमा स्वतन्त्र उम्मेदवार बनेका उनी नेकपाकालमा नेकपा प्रवेश गरेका थिए ।

अब एमालेका सबै कमिटीमा ४० वर्षमुनिका युवा अनिवार्य
नेकपा एमालेले पार्टीका सबै कमिटीमा ४० वर्षमुनिका युवाहरूको सहभागिता बढाउन कोटा निर्धारण गरेको छ । केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले पार्टीका प्रदेशदेखि टोल कमिटीसम्म युवाको न्यूनतम प्रतिशत तोकेर मातहत कमिटीमा पठाउने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश अधिवेशनहरूबाट ४० वर्षमुनिका कम्तीमा १० प्रतिशत युवाको अनिवार्य प्रतिनिधित्व हुने बताए ।

त्यस्तै जिल्ला कमिटीमा न्यूनतम १५ प्रतिशत,पालिका कमिटीमा न्यूनतम २० प्रतिशत र वडा तथा टोल कमिटीहरूमा कम्तीमा एक तिहाइ ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने ज्ञवालीले बताए ।

प्रतिक्रिया