आज हीरक जयन्ती मनाउँदै एमाले, पूर्व राष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरब’ सम्मान


काठमाडौं – सत्तारूढ दल नेकपा एमालेले आज पार्टीको हीरक जयन्ती महोत्सवको आयोजना गर्दैछ । यस अवसरमा राष्ट्रिय गौरव पदकबाट पूर्व राष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ ।

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको भोलिपल्ट एमालेले हिरक जयन्ती मनाउन लागेको हो ।

उक्त हीरक जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ पनि विशेष वक्ताको रूपमा आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया