एमाले सचिवालय बैठक बस्दै


काठमाडौं – सत्ता साझेदार नेकपा (एमाले) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने एमाले प्रचार विभागले जनाएको छ ।

एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । ललितपुरको गोदावरीमा बस्ने परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुनेछन् । बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी रहेको छ ।

आजको सचिवालय बैठक त्यसैको तयारीका लागि रहेको एमाले प्रचार विभागले जनाएको छ । । यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । आजको बैठकले उपनिर्वाचनको तयारी लगायतको विषयमा पनि निर्णय गर्नेछ ।

प्रतिक्रिया