राजेन्द्र लिङ्देन भन्छन् – ‘मुन्धुमले बली निषेध गरेको छ’


काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले किराँत मुन्धुम अनुसार लिम्बूहरुले गाईगोरुको बली चढाउने चलन रहेको भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले किराँतधर्म साम्जिक मुन्धुममा जीवजन्तुको बलीको निषेध गरिएको भन्दै भइरहेको प्रचारप्रति दुःख व्यक्त गरेका हुन् ।

विशेष गरि केही गैरलिम्बू जनजातिहरुले किराँत मुन्धुमअनुसार लिम्बूहरुले गाईगोरुको बली चढाउने चलन छ भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘अरुको मुन्धुममा के छ कुन्नि उनीहरुले जानुन् ।

तर, किरातधर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा, फटेङ्ग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैंसी वा कुनै पनि जीवजन्तुको हत्या (बली) निषेध छ ।’

प्रतिक्रिया