कर्णालीमा नदीमा डुंगा पल्टिँदा एक बेपत्ता, दुई सकुशल

दैलेख – कर्णाली नदीमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन्।

दैलेखको आठबीस नगरपालिका-१ रामाघाट खोला र कर्णाली नदीको दोभानमा डुंगा खेल्ने क्रममा डुंगा पल्टिँदा ती किशोर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमलप्रसाद आचार्यले बताए।

बेपत्ता हुनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका-७ का १६ वर्षीय शिवबहादुर शाही रहेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए। ‘शिवबहादुरसँगै १७ वर्षीय टेकप्रसाद चौलागाईं र १६ वर्षीय छत्र हमाल पनि नदीमा डुंगा खेलिरहेका रहेछन्, डुंगा पल्टिँदा शिव बेपत्ता छन्, अन्य दुई किशोर सकुशल छन्,’ प्रहरी निरीक्षक आचार्यले भने।

बेपत्ता रहेका किशोरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। कर्णाली राजमार्गस्थित प्रहरी चौकी पाल्तडाका प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी र स्थानीय बासिन्दाले बेपत्ता किशोरको खोजी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *