युरोप भ्रमण छोडेर भुकम्प प्रभावित क्षेत्रमा जाँदै राष्ट्रपति


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने भएका छन् । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको क्षतिका बारेमा बुझ्नका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान लागेका हुन् ।

युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल आज जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावित जनतासँग प्रत्यक्ष संवादसमेत गर्नेछन् । शितल निवास सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज बिहान  १० बजे भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गर्नेछन् ।

देश भुकम्पको विपत्तिमा परेको बेला युरोप भ्रमण उपयुक्त नहुने भन्दै दबाब बढेपछि राष्ट्रपति पौडेलले उक्त भ्रमण स्थगित गरेका थिए । उक्त भ्रमण स्थगित भएपछि राष्ट्रपति पौडेल आज भुकम्प प्रभावित दुई जिल्लाको स्थलगत अवोलकनमा निस्कन लागेका हुन् ।

राष्ट्रपति पौडेल फ्रान्स, इटली र जर्मनीको भ्रमणमा जाने तयारीमा थिए ।

प्रतिक्रिया