राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत


काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिशमा शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ खण्ड (ख)मा राष्ट्रिय सभामा सरकारको सिफारिशमा कम्तीमा एक महिला सहित तीन जना मनोनीत हुने व्यवस्था छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा शाक्यलाई मनोनीत गर्न सिफारिश गरेको थियो ।

प्रतिक्रिया