बाग्लुङमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु


बाग्लुङ – बाग्लुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ ।

बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेकाे ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन-२ मलकटिबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा ढोरपाटन नगरपालिका-२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड-६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

ट्याक्सी सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया