राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको ११ दिनपछि डिस्चार्ज


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल असार २ गते त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

उनको मुटुमा पेसमेकर राखिएको छ । विभिन्न परीक्षण चिकित्सकहरूको निगरानी तथा उपचारपछि राष्ट्रपति पौडेल आज दिउँसो डिस्चार्ज भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। डिस्चार्जपछि पौडेलले आफ्नो स्वास्थ्यमा चासो देखाउने सबैमा धन्यवाद व्यक्त गरेका छन्। राष्ट्रपति पौडेल ११ दिनपछि डिस्चार्ज भएको हुन्

त्यसअघि पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए । बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नसा खुलाइएको थियो ।

प्रतिक्रिया