सिन्धुपाल्चोकमा कार दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु, पाँच घाइते


सिन्धुपाल्चोक – सिन्धुपाल्चोक दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएकाे छ । दुर्घटनामा पाँच घाइते भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिङ भिरमा कार दुर्घटना भएको हो ।

घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाइते नेपाली चालक हुन् । मृतकको सनाखत भने भएको छैन । घाइतेहरूलाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया