करापुटारमा शिवरात्री महोत्सव आजदेखि शुरु


लमजुङ – लमजुङको ईशानेश्वर महादेव मन्दिरमा शिवरात्री महोत्सव आजदेखि शुरु भएको छ ।

हिन्दु धर्मावलम्बीहरूको महान पर्व शिवरात्रीको अवसरमा मध्यनेपाल नगरपालिका-७ करापुटारमा रहेको ईशानेश्वर मन्दिरमा महोत्सव शुरु भएको हो ।

परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, प्रवर्द्धनको लागि ‘करापुटार धार्मिक तथा सांस्कृतिक महोत्सव-२०८०’ महाशिवरात्री पर्वको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले आयोजना गरेको हो ।

करापुटारमा शिवरात्रीको अवसरमा हरेक वर्ष दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । महोत्सव फागुन २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया