गाउँमा डढेलो पस्दा १४ घर र १२ गोठ जले

६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरे


रामेछाप – रामेछाप नगरपालिका-९ को टार सिमन्तीमा जङ्गलमा लागेको डढेलो गाउँ पस्दा १४ घर र १२ गोठ जलेका छन् । आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन् ।

नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जङ्गलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन् ।आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली आगो निभाउन घटनास्थल पुगेको थियो ।

अहिले आगो निभाइएको छ । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी छ । आगलागीबाट घरसँगै लत्ताकपडा र खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ ।

प्रतिक्रिया