संसद विघटनविरुद्धका रिटमाथि आजपनि सुनुवाइ हुँदै


काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आजपनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । गएको शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज पनि सुनुवाइ हुन लागेको हो ।

सर्वोच्चमा परेका सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै १४६ जना सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट हालेका थिए ।

प्रतिपक्षको सहित संसद विघटनलाई आधार बनाएर अदालतमा ३० वटा रिट परेका हुन् ।

प्रतिक्रिया