पाल्पामा एक युवतीको घाटी रेटेर हत्या


पाल्पा – पाल्पाको रिब्दीकोटमा एक युवतीको घाटी रेटेर हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा मावि कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको विभत्स हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो ।

उनी दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी थिइन् । पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा विभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

‘उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृति हेर्दा जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिन्छ’ वडाध्यक्ष पोखरेलले भने ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया