लगातार नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, आज तोलामा एक हजारले बढ्यो


काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज प्रतितोला एक हजार रूपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार वुधबार प्रतितोला एक लाख ३३ हजार रूपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजारले बढेर एक लाख ३४ हजार रूपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुन तोलमा वुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३३ हजार तीन सय ५० रूपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । वुधबार प्रतितोला एक हजार छ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने ४० रूपैयाँले बढेर एक हजार छ सय ५० रूपैयाँ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया