तोलामा ७०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३७ हजार ५०० कायम भएको छ ।

यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया