गण्डकीका मुख्यमन्त्री अधिकारीले तोके बिना विभागीय मन्त्रीको जिम्मेवारी

चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ । यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा नै मन्त्रीको शपथ लिएका थिए ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले कार्यविभाजनको पत्र शनिबार बिहानै आएको र सार्वजनिक बिदा भएकाले त्यो प्रमाणित हुन केही समय लाग्ने बताए । गण्डकीमा ९ वटा मन्त्रालय छन् । मुख्यमन्त्री कार्यालयसहित ७ वटा मन्त्रालय मुख्यमन्त्रीले आफैसँग राखेका छन् ।

प्रतिक्रिया