तोलामा आठ सय रुपैयाँले बढ्यो सुनको मुल्य
काठमाडाैं – सुनको मुल्य आज तोलामा आठ सय रुपैयाँले बढेको छ । मुल्य बढेर आज छापावाला सुन तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजो तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज तोलामा एक लाख ३५ हजार सात सय ५० रुपैयाँमा पुगेको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार छ सय ७५ रुपैयाँ कायम भएको छ ।