दमौलीमा भीषण आगलागी, २० वटा पसल जलेर नष्ट


तनहुँ – तनहुँको सदरमुकाम दमौलीस्थित मुख्य बजारमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका-३ फलफूल लाइनमा रहेका सटरमा गए राति आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आगलागीका कारण २० वटा पसल पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ। तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको हो ।

विद्युत् ‘सट’ हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया