देशभर मनसुन थप सक्रिय, देशभर बदलीको सम्भावना


काठमाडाैं – हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशभर मनसुन थप सक्रिय भएको र आज देशका धेरै ठाउँमा दिनभर नै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । यस्तै बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि ठूलो वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार  आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिनैभर मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया