एटीएम तोडफोड गरेको अभियोगमा दुई जना पक्राउ


काठमाडाैं – माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका-३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका-१ घर भई बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटीएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई हिजो पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया