पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


भरतपुर – आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए ।

अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरू भएसँगै पटक-पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया