ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु


पोखरा – मुस्ताङमा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा शुक्रबार अचानक ढिस्को झरेर उनीहरू पुरिएका थिए ।

मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका १ घर भएका २३ वर्षकै रवि दर्लामी छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।

दुवै शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।

प्रतिक्रिया