सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा पाँच सय रुपैयाँ वृद्धि

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यमा शुक्रबार तोलामै करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।
आज सुनको मुल्य प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिनको तुलनामा सुनको मुल्य पाँच सय रुपैयाँ बढेको हो । हिजो तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मुल्य प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएको छ । हिजोको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।