नागढुङ्गामा पहिरो, त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं – काठमाडौं उपत्यका प्रवेशको मुख्य नाका नागढुङ्गा नजिकै पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी आवागमन रोकिएको हो ।

नागढुङ्गा प्रहरीका अनुसार चेक पोइन्टबाट करिब तीन सय मिटरको दूरीमा पहिरो गएको छ । अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन। पानी परिरहेकोले पहिरो खस्ने क्रम नरोकिएको हो।

दुवैतर्फ पहिरो पन्छाउन डोजरलाई स्टान्डबाइ राखिएको छ। पहिरो खस्न रोकिएपछि पहिरो पन्छाएर आवागमन सहज गरिने प्रहरीका अनुसार भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *