देउवालाई पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटरबाटै दिए बधाई
काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । समकक्षी खानले देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि बधाई दिएका हुन्।
पाकिस्तानी प्रधानमन्त्रीले ट्वीटरमार्फत आफूले नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् । उनले चासोका विषयहरूमा नेपालसँग निकटरुपमा मिलेर काम गर्न चाहेकोसमेत उल्लेख गरेका छन् ।
I congratulate H.E. Sher Bahadur Deuba, Prime Minister of Nepal, on winning the vote of confidence from the House of Representatives. Pakistan looks forward to further deepening its cordial ties with Nepal & would continue to work closely with Nepal on issues of common interest.
— Imran Khan (@ImranKhanPTI) July 19, 2021