झापा-५ मा बालेनको फराकिलो मत अग्रता कायम
काठमाडाैं – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायम गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछाडि पारेका छन् ।
आज ५ बजेसम्मको मत गणना परिणामअनुसार बालेन्द्र शाहले ११ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीले २ हजार ६ सय ९२ मत मात्र प्राप्त गरेका छन् । शाह ओलीभन्दा ११ हजार बढी मतले अगाडि देखिएका छन् ।
