गठबन्धनले महिलाको अधिकार मिच्यो : ओली


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिलाको अधिकार खोस्न,संविधानलाई मिच्न १० दलीय गठबन्धले निर्वाचन आयोगलाई प्रयोग गरेको आरोप लगाएका छन् ।

ओलीले भने,‘यो गठबन्धन महिलाका हक अधिकार हरण गर्न लाग्यो । महिलाको पक्षमा रहेनछ यो गठबन्धन ।’

उनले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् । पार्टीबाट निर्वाचित सांसद्हरूलाई अभिमुखीकरण प्रदान गर्दै एमाले अध्यक्ष ओलीले शाक्यले उपराष्ट्रपतिमा जित्ने सम्भावना रहेको बताएका हुन् ।

उनले भने,‘जित्ने सम्भावना छ । जित्ने कारणको अहिले चर्चा नगरौं । अन्तिम बेलासम्म सम्भावनाको खोजी गर्ने हो । अनेक प्रकारका समस्याहरू उनीहरू (गठबन्धन)भित्र छन् । विपक्षी शक्तिसँग चुनाव लडिरहेका छौं । ‘

ओलीले एमालेलाई सवल राष्ट्रिय शक्ति बन्न नदिने षडयन्त्र भइरहेको बताए । संविधानको भावना पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ।

प्रतिक्रिया