प्रचण्ड-ओली भेटवार्ता, मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । बिहान साढे ९ बजेदेखि जारी वार्ता भर्खरै सकिएको हो ।

बैठकपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल भएको बताउँदै सरकारले आजै पूर्णता पाउने बताए । सभामुखबारे भने विश्वासको मत दिएका नेताहरुसँगको छलफलपछि अघि बढ्ने उनको भनाइ छ।

प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद् विस्तार,सभामुख निर्वाचन र आगामी रणनीतिबारे छलफल भएको बालकोट स्रोतले जनाएको छ। शक्ति सन्तुलन मिलाउन भएको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आइतबार मन्त्रिपरिषद विस्तार गर्ने भनिए पनि पोखरामा विमान दुर्घटनाका कारण सो योजना स्थगित भएको थियो ।

प्रतिक्रिया