चैते दशैंमा कर्णाली प्रदेश मंगलबार सार्वजनिक बिदा


सुर्खेत – कर्णाली प्रदेश सरकारले चैते दशैंका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ गते (मङ्गलबार) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिने नगरे पनि कर्णाली प्रदेश सरकारले भने सार्वजनिक बिदा गरेको हो ।

प्रतिक्रिया