इजरायलका लागि परेकाे ९ हजार सात सय आवेदन मध्य २८ सयको कागजपत्र नक्कली

काठमाडौं – बैदेशिक रोजगारीका लागि इजरायल जान आवेदन दिएकामध्ये करिब २८ सय जनाको कागजात नक्कली पेश गरेको खुलेको छ ।संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका अनुसार ९ हजार ६९९ जनाले आवेदन दिएका थिए ।

तर, परीक्षामा ७ हजार ९ जना मात्रै सहभागी हुन योग्य ठहरिएका छन् । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ सय ९० आवेदन फारम अस्वीकृत गरेको थियो । ‘आवेदकले प्रमाणपत्रहरु, उचाई, तौल, शेक्षिक योग्यता लगायतका कुुरा स्वघोषणा गरी निवेदन दिएका थिए । तर, प्रमाणीकरणका क्रममा कागजातमा त्रुटि देखिएपछि रद्द गरेका थियौं, आजसम्म एक जना पनि मेरो आवेदन किन रद्द भयो भनेर सोध्न आएनन् ।’

यसले आफूहरुले नक्कली भनेर गरेको विश्लेषणसहितको प्रमाणीकरण ठीक थियो भन्ने देखाएको विभागले जनाएकाे छ । विभागका अनुसार भदौ २८ गते भएको परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए भने कागजपत्र प्रमाणीकरण भएकामध्ये ६९२ जना अनुपस्थित रहेका थिए । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *