महामन्त्रीमा आफू पराजित भएको भन्दै रक्षामन्त्री रिजालले दिए राजीनामा

काठमाडौं – रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

कांग्रेस महामन्त्री अन्तिम नतिजा आइनसक्दै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौ नम्बरमा छन् ।

केही बेरअघि उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका छन् । कांग्रेस मुख्यालय सानेपामा जारी महामन्त्रीको मतगणनामा रिजाल धेरै पछि परेका छन्। उनी डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीका प्रतिस्पर्धी थिए ।

महामन्त्री पदमा २१२० मत गणना भइसक्दा रिजाल पाँचौँ नम्बरमा छन्। उनले ३६५ मत मात्रै ल्याउन सफल भएका छन ।महामन्त्रीमा अहिलेसम्म गगनकुमार थापा १३८५, विश्व प्रकाश शर्मा ८५१, प्रकाश शरण महत ६९८, प्रदीप पौडेल ६२१, मिनेन्द्र रिजाल ३६५ र राजाराम कार्की ५९ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *