बहराइन प्रवेश गर्दा पीसीआर परीक्षण गर्न नपर्ने


काठमाडाैं – बहराइन प्रवेश गर्ने यात्रुलाई अब त्यहाँको विमानस्थलमा पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । बहराइन न्युज एजेन्सीका अनुसार हिजोदेखि नै बहराइन अन्तर्राष्ट्रिय विमानस्थलले यो नियम लागू गरेकाे हाे ।

कोरोनासँग जुध्न गठित बहराइनको राष्ट्रिय चिकित्सा कार्यसमितिको सिफारिसमा बहराइनको नागरिक उड्ययन विभागले यो नियम लागू गरेको हो । तर कोरोनाको लक्षण देखिएकाहरुको भने पीसीआर परीक्षण गरिनेछ ।

यस्तै नयाँ निर्णयसँगै अब कोरोना संक्रमितको सम्पर्कमा आएका तथा साथमा बी अवार मोबाइल एप्लिकेशन नभएकाहरुले पनि आइसोलेशन बस्न नपर्ने भएको छ ।

प्रतिक्रिया