युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक भ्रमण नगर्न आग्रह


काठमाडाैं – परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो बेला युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाई उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो ।

युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासमा युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई कुनै समस्या परेमा बर्लिनमा रहेको दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । रुस–युक्रेन तनाव चर्किँदै गएकाले त्यहाँ हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

प्रतिक्रिया