स्थानीय तहमा जनप्रतिनिधि चुन्न आज मतदान हुँदै


काठमाडौं – आज  स्थानीय तहको दोस्रो ऐतिहासिक निर्वाचन देशभरका ७ सय ५३ पालिकामा जनप्रतिनिधि चुन्न मतदान हुँदैछ । आज शुक्रवार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्न पाउने व्यवस्था गरिएकाे छ ।

मुलुकमा संघीय संरचना लागू भएपछि हुन लागेको दोस्रो स्थानीय तह निर्वाचनमार्फत तल्ला तहका सरकारका लागि नेतृत्व चयन हुने भएकाले यो निर्वाचनलाई जनता जनार्दन बनाउने निर्वाचनका रूपमा लिइन्छ ।

देशमा संघीयता लागू भएपछि नेपालमा पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो ।

आज हुने स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएको र विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको तथा निर्वाचनमार्फत विभिन्न पदमा गरी ३५ हजार २ सय २१ जना उम्मेदवार निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन् ।

प्रतिक्रिया