एमाले उपमहासचिवसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं – नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ।

मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले उपमहासचिव गुरुङसँग २४ घण्टे स्पष्टीकरण मागेको हो। उनले मौन अवधिमा भोट मागेका थिए।

उपमहासचिव गुरुङले एमाले उम्मेदवारलाई मत दिएर जिताउन आफ्नो एकाउन्टबाट बुधबार बिहान भिडियो पोस्ट गरी आचारसंहिता उल्लंघन गरेको आयोगले जनाएको छ।

आयोगले मागेको स्पष्टीकरणमा भनिएको छ, ‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलंघन भएकाले किन कारबाही गर्नु नपर्ने हो?’

मौन अवधिमा मत मागेको भन्दै विरोध भएपछि उनले बुधबार बिहान नै पोस्ट हटाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *