विप्लवको पार्टीद्वारा पुनः एमसीसी कार्यालय घेराउ
काठमाडाैं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमवार एमसीएको कार्यालय घेराउ गरेको छ ।
याक एण्ड यतिमा रहेको एमसीएको केन्द्रीय कार्यालय घेराउ गर्दै नेकपाका कार्यकर्ताहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका थिए ।
उनीहरूले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघाती भन्दै खारेज हुनुपर्ने माग गरेको छ ।