शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा एक पक्राउ

काठमाडौं – शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा ललितपुर महानगरपालिका-१३ कुसुन्ती ठेगाना भएका ५३ वर्षीय माधव प्रसाद तिमल्सिनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल सरकार भूमि व्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेको माधब प्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र उनकै नाममा पाटन मल्टिपल क्याम्पसको स्नातकको ह्युम्यानिटिज र सोसल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरिएकाे पाइएकाे हाे ।

कीर्ते गरिएकाे ट्रान्स्कृप्ट २०७८ चैत ६ गते निवेदन साथ राष्ट्रिय सहकारी विकास वोर्डमा पेश गरेको पाइएपछि उनलाई ललितपुर थसीखेलबाट केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो । उनलाई लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *