भीरबाट खसेर एक युवतीकाे मृत्यु


जाजरकोट – गोठाला गएकी एक युवतीकाे भीरबाट खसेर मृत्यु भएको छ । जाजरकोट जिल्लाको कुशे गाउँपालिका-२ टालेगाउँमा भीरबाट खसेर एक युवतीको मृत्यु भएको हो ।

शनिबार बाख्रा चराउन गोठालो गएकी अन्दाजी १८ वर्षीया लिला सिंहको मृत्यु भएको हो । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षामा ती युवती उत्तीर्ण भएकी थिइन् ।

जाजरकोटमा रुख र भीरबाट वर्षमा करिव ५० जनाले अकालमै ज्यान गुमाउने गरेकाे जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया