बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यमा लालवीर चौधरी निर्वाचित

बर्दिया  – बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यमा लालवीर चौधरी निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवारी दिए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी २६ हजार ५२० मतसहित विजयी भएका हुन्। उनी डिल्लीबजार कारागारमा कैद जीवन विताइरहेका रेशम चौधरीका बुबा हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका सुरेश पन्थले २६ हजार ३८४ मत पाएका छन् । एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत पाए।  बर्दिया-२ मा नागरिक उन्मुक्तिबाट रेशमको उम्मेदवारी परेको थियो।

तर, कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति उम्मेदवार बन्न नपाउने भएपछि निर्वाचन आयोगले खारेज गरिदिएको थियो। रेशमको उम्मेदवारी खारेज हुन सक्ने ठानेरै नागरिक उन्मुक्तिले बर्दिया २ मा उनका बुवा लालवीरलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *